बेलघारीमा व्राखा पालन तालिम

http://sindhulidarpan.blogspot.com/2012/05/s_2598.html
सिन्धुली,बैशाख ३१।
बाख्रा पालन सम्वन्धी ज्ञान दिने उद्देश्यले सिन्धुलीको बेलघारीका किसानहरुलाई तालिम प्रदान गरिएको छ । बैशाख २७ गते देखि सुरु भएको तालिममा वेलघारी गाविसका विपन्न बाख्रा पालक किसानहरुलाई लक्षित गरिएको आयोजक जनजाग्रती सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ । समापन कार्यक्रममा बोल्ने वक्ताहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिएका थिए ।
तालिम समापनमा पशु स्वास्थ्य केन्द्र, भीमस्थानका प्रमुख सत्यनारायण साह, गोरेसिद्ध प्राविका प्रधानाध्यापक हेम दाहाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । तालिममा वाख्रामा लाग्ने रोगहरु, त्यसबाट बच्ने उपाय, डाले घाँस र भूइँ घाँस सम्वन्धी जानकारी गराएको त्यहाँबाट शिव काफ्लेले बताएका छन् । तालिममा ३० जना बाख्रा पालक किसानहरुको सहभागिता रहेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !