प्रअलाई कालोमोसो

http://sindhulidarpan.blogspot.com/2012/05/s_7477.html
लहान, वैशाख ३१।
सिरहाको उत्तरी क्षेत्रमा पर्ने गोविन्दपुर गाविस–५ माणिकदहस्थित जनता प्राविका प्रधानाध्यापकलाई आज बिहान गाउँलेले कालोमोसो दलेर गाउँ घुमाएका छन् ।
सिरहाको उत्तरी क्षेत्रमा पर्ने गोविन्दपुर गाविस–५ माणिकदहस्थित जनता प्राविका प्रधानाध्यापकलाई आज बिहान गाउँलेले कालोमोसो दलेर गाउँ घुमाएका छन् ।
विद्यालयमा आर्थिक अनियमितता गरेको, व्यवस्थापन समिति गठन गर्न ढिलासुस्ती गरेको, पठनपाठनमा ध्यान नदिएको भन्दै स्थानीय अभिभावक र गाउँलेले प्रधानाध्यापक रामअवतार चौधरी कलवारलाई कालोमोसो दलेर गाउँ घुमाएको स्थानीय रामबहादुर सदायले बताउनुभयो । स्थानीयवासीले चौधरीलाई गाउँ घुमाएपछि वडा प्रहरी कार्यालय लहानमा ल्याएर बुझाएका थिए ।
‘विद्यालयको हरहिसाब पारदर्शी बनाउन, व्यवस्थापन समिति गठन गर्न र पठनपाठन व्यवस्थित गर्न पटकपटक आग्रह ग¥यौँ, तर उनले वास्ता गरेनन्’ स्थानीय अभिभावक राजकुमार राउतले भने । वडा प्रहरी कार्यालयले प्रधानाध्यापक चौधरीका विषयमा अभिभावकहरूले लगाएको आरोपको छानबिन गरिने जनाएको छ । जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा छानबिनका लागि पटकपटक उजुरी गरे पनि बेवास्ता गरेको स्थानीय अभिभावक सुरेश यादवले गुनासो गर्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !