अवरुद्ध मेची राजमार्ग एकतर्फी खुल्यो

ताप्लेजुङ,जेठ १७ । गएरातीको भिषण बर्षाले पहिरो जांदा अवरुद्ध भएको मेची राजमार्गको ताप्लेजुङ पाँचथर सडक खण्ड ९ घण्टापछि एकतर्फी रुपमा खुलेको छ  । ताप्लेजुङको सदरमुकाम र पाँचथर कावेली सडक खण्डको नाङखोल्याङको हरिनन्देमा सडक माथिको पहरो फुटेर बाटो अवरुद्ध हुँदा ताप्लेजुङ आउने र ताप्लेजुङबाट अन्यत्र जाने २ दर्जन बढी  सवारी तथा मालबहाक  साधन अलपत्र परेका थिए  ।

 प्रहरी र सयौंको संख्यामा रहेका यात्री आफै लागेर एकतर्फी रुपमा बाटो खुलाएको ताप्लेजुङ प्रहरीले बताएको छ । बाटो खुलाउन पाँचथर गोपेटारबाट रौताहा कन्ट्रक्सन प्रालिको ढुङ्गा पन्छाउने मेसिन जेसीबी ल्याउने तयारी भइरहेको बताइएको छ । मेची राजमार्गमा यही वर्ष कालोपत्रे गरिए पनि सडक ठूलो पार्न स्काइभेटरले धेरै ठाउ भत्काएकोले धेरै ठाउँमा बाटो अवरुद्ध हुने संभावना रहेको घटनास्थल पुग्नु भएका ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।

Related

विविध 8951064276518025201

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item