‘जन आवाज’ सार्वजानिक
http://sindhulidarpan.blogspot.com/2012/06/blog-post_716.html
ध्रुवचन्द्र खड्का,सिन्धुली,जेठ ३१ ।
रिलेक नेपाल जिल्ला शाखा सिन्धुली र रिलेक नेपाल भिमानको आयोजनामा आज एक समारोहकावीच जन आवाज पुस्तकको नवाँै अंक विमोचन गरिएको छ । रिलेक नेपाल सिन्धुली शाखाका अध्यक्ष रुद्र खड्काको अध्यक्षता एवं मानव अधिकार एलाइन्सका केन्द्रिय अध्यक्ष गणेश विकेको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन तथा मानव अधिकार रक्षकको अवस्था विषयक विचार गोष्ठि सम्पन्न भएको हो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी विकेले जनआवाजको सफलताको शुभकामना दिनुका साथै जन आवाज पुस्तक निकाल्न आगामि दिनमा सवैले सहयोग गर्नुपर्ने वताउनुभयो । समसामयिक विषयमा वोल्दै वहाँले आवाज विहीनहरुको समेत सांकेतिक आवाज समेटिएको संविधान सभा विघटन भैसकेको अवस्थामा फेरी नयाँ निर्वाचन हुन नसक्ने धारणा राख्नुभयो । त्यस्तै वहाँले झ्याल भत्किएको भन्दैमा घरै भत्काउने विकृति नभित्र्याउन सरकारलाई आग्रह समेत गर्नुभयो । त्यस्तै मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य कृष्णहरी घिमीरेले एउटा अपांग व्यक्तिको नेतृत्वमा प्रकासीत हुने जनआवाजको सफलताको कामना गर्दै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । धु्रवचन्द्र खड्काले सन्चालन गर्नुभएको कार्यक्रममा जनजागृति उमावि भिमानका व्यवस्थापन समिति अध्यक्ष रमेश देवकोटा, हिमराइट्स सिन्धुलीका प्रतिनिधी कृष्ण अधिकारी, एमाले प्रतिनिधि सन्त परियार, काँग्रेसका काली वहादुर घिमीरे लगायत स्थानियको सहभागिता रहेको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !