नाती पढाउने अभियानमा हजुरआमा

http://sindhulidarpan.blogspot.com/2012/06/i_1581.html
जाजरकोट,जेठ २० ।
जाजरकोट पुन्मा–३ कि ४९ वर्षिया कृष्णा जैसी नाती पढाउने अभियानमा जुट्नुभएको छ । आफूले साक्षरता कक्षा मात्र पढेकी जैसीले अहिले सदरमुकाम खलंगामा कोठाभाडामा बसी ८ वर्षिय नाती रोशन जैसीलाई सदरमुकामकै एक निजी विद्यालयमा पढाईराख्नुभएको छ । नातीसँगै उहाँले मितबहिनीको छोरा विशाल चन्दलाई समेत पढाईराख्नुभएको छ । सामान्य परिवारकी यी हजुरआमाले आफूले विद्यालय जान नपाएपनि छोरानातीको भविष्य नबिगार्ने उद्देश्यले नातीलाई सदरमुकाम ल्याएर निजी विद्यालयमा पढाउन थालेको बताउनुभयो । सदरमुकाममा बसेर नातीलाई पढाउन सोचेजस्तो नभएको उहाँको भनाइ छ । सबैभन्दा बढि उहाँलाई पानीको समस्याले सताएको छ ।
दिनमा एक समय मात्र आउने पानी एक गाग्री नभर्दै सुक्ने गरेको छ । त्यहि पनि कहिलेकाँही धारामा पानी नआईदिदा एक÷डेढ घण्टा टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता छ, उहाँले दुखेसो पोख्नुभयो । पानीको अभावमा फोहोर भएका नाती र मितछोराको कपडाहरु हप्तामा एकपटक शुक्रवार घरै लगेर धुने गरको उहाँले जानकारी दिनुभयो । घरमा हुँदा घरको कामकाजमा सघाउने गरेकी जैसीलाई खलंगाको बसाई अत्यासलाग्दो भएको छ । उनीहरुलाई खाना खुवाउने, रेखदेख गर्ने, सफासुग्घर राख्ने, पानीको जोहो गर्ने दिउँसोको समय खाली हुने गरेकाले समय बिताउन गाह्रो हुने उहाँको अनुभव छ । नातीले राम्रो नपढेमा आफ्नो मेहेनेत र लगानि खेर जान्छ कि भन्नेमा उहाँलाई चिन्ता छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !