माओवादी नेता नन्दकिशोर आज उपचारका दिल्ली जाँदै

काठमाण्डौ,जेठ २० । 

एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य नन्दकिशोर पुनलाई उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली लगिने भएको छ । दुवै मिर्गाैलामा देखिएको खराबीको उपचार गर्न पुनलाई आज नयाँ दिल्ली लैजान लागिएको हो । बिहान १० बजेपछि पुनलाई उहाँँलाई एयर एम्बुलेन्सबाट दिल्ली लगिने तयारी भएको छ । दिल्लीमा रहेको एपोलो अस्पतालमा उहाँको थप उपचार हुने बताइएको छ ।

पुनको स्वास्थ्य स्थिति बुझन् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री डा. बाबुराम भट्टराई र वरिष्ठ उपाध्यक्ष मोहन वैद्य अस्पताल पुग्नुभएको थियो । उपचारका लागि उहाँ दुई दिनअघि जोरपाटीमा रहेको नेपाल मेडिकल कलेजमा भर्ना हुनुभएको थियो ।


Related

विविध 2746916616411668256

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item