गिरीद्वयको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाण्डौ,जेठ २० । 

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या गर्ने अज्ञात् समूहको गोली प्रहारबाट गम्भीर घाइते भई नर्भिक अस्पतालमा उपचार गराइरहेका कानुन व्यवसायी राम गिरी र स्व बमका अङ्गरक्षक महेश गिरीको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । राम गिरीलाई भेन्टिलेटरबाट क्याबिनमा सारेर उपचार भइरहेको अस्पतालका प्रचार प्रबन्धक आरपी मैनालीले बताउनुभयो । 

घाइते दुवै जना होसमा रहेको भए पनि खतरामुक्त नरहेको मैनालीको भनाइ छ । ललितपुरको शङ्खमुल नजिक भएको आक्रमणमा राम गिरीलाई पेटमा र अङ्गरक्षक गिरीलाई घाँटीमा गोली लागेको थियो । उहाँहरूलाई लागेको गोली शल्यक्रिया गरी निकालिएको थियो । अज्ञात् समूहबाट भएको आक्रमणमा गोली लागेर न्यायाधीश बमको निधन भएको थियो ।


Related

विविध 7568414969611694620

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item