कोदालो प्रहार गरी आफनै भाउजुको हत्या

झापा,असार १५ । 
झापा पाचँगाछी ८ का एक युवकले कोदालो प्रहार गरी आफनै भाउजुको हत्या गरेका छन् । जग्गा विवादमा ३० वर्षका राजकुमार श्रेष्ठले प्रहार गरेको कोदालोले लागि गम्भीर घाइते ३२ वर्षका भाउजु हेमकुमारी श्रेष्ठको आज बिहान उपचारका क्रममा विराटनागरमा मृत्यु भएको जिल्ला प्रहारी कार्यालय झापाले जनाएको छ ।

जग्गा विषयमा विवाद हुँदा राजकुमारले हिजो भाउजु हेमकुमारीलाई कोदालो प्रहार गरी घाइते बनाएका थिए । प्रहरीले राजकुमारलाई नियन्त्रणमा लिएको छ । त्यस्तै आज बिहान झापाको शिवगञ्ज २ स्थित कनकाई नहरमा एक व्यक्तिको शव फेला परेको छ  अन्दाजी ४०–४५ वर्षका पुरुषको शव सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Related

विविध 4995212461886636375

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item