दोलखा सदरमुकाम चरिकोटका होटल तथा कलकारखानामा २६ बालश्रमिक

दोलखा,जेठ ३१ । दोलखाको सदरमुकाम चरिकोटमा रहेका विभिन्न होटल तथा कारखानामा २६ जना वालश्रमिकहरु कार्यरत रहेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ । ११ औं वालश्रमविरुद्धको विश्व दिवसको अवसरमा चरिकोटमा आयोजना गरिएको वालश्रममा संलग्न बालबालिका र संरक्षक रोजगारदाता अभिमुखिकरण तथा परामर्श कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । 
तथ्याङ्क सार्वजनिक गर्दै नेपाल ग्रामिण पुर्ननिर्माण संस्था आर आर एन का जिल्ला संयोजक टंक उप्रेतिले सदरमुकामममा रहेका होटल तथा कलकारखानामा महिला ८ र पुरुष १८ जना वालश्रमीक कार्यरत रहेको र उनिहरुमध्ये ७ जनाले विद्यालय फर्कन चाहेको वताउनुभयो । जिल्ला वालकल्याण समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा जिल्लामा रहेका बालश्रमिकहरुको अवस्थाका वारेमा छलफल गरिएको थियो ।

Related

विविध 7848520623054077771

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item