सर्लाहीमा २५ प्रतिशत विद्युत चुहावट नियन्त्रणमा
http://sindhulidarpan.blogspot.com/2012/06/i_7053.html
शुक्रराज लामा, सर्लाही,जेठ ३१ ।
सर्लाहीमा विद्युत चोरी नियन्त्रय अभियान सुरु भए पछि २५ प्रतिशत चुहावट नियन्त्रणमा आएको छ । अभियान सञ्चालन अघि ६७ प्रतिशत विद्युत चुहावट हुदै आएकोमा झरेर ४२ प्रतिशतमा आएको प्राधिकरण सर्लाहीका प्रमुख द्विपेन्द्रराज दुवेदी जानकारी दिनु भयो ।
सर्लाहीको लालबन्दीमा भएको एक कार्यक्रममा दुवेदीले जिल्लामा हुने अतिरिक्त लोडसेडिङ झरेर १ घण्टामा आएको बताउनु भयो । अभियानलाई अझै निरन्तरता दिने र सक्रियतापूर्वक चुहावट नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । एक अर्काे प्रशंगमा सर्लाहीको दुई वटा गाविसमा प्रधिकरणको पहलमा निकट भविष्यमा विद्युतीकरण हुन लागेको बताउनु भयो । जिल्लाका अझै ८ वटा गाविसमा विद्युतीकरण हुन बाँकी छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !