सिन्धुलीमा कृषि सहकारी संघ
http://sindhulidarpan.blogspot.com/2012/06/i_840.html
ध्रुवचन्द्र खड्का, सिन्धुली,जेठ ३१ ।
जिल्ला कृषि सहकारी संघ सिन्धुलीको दोश्रो भेला राम वहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ तदर्थ समिति चयान गर्दै मंगलवार सकिएको छ । जिल्ला सहकारी संघका अध्यक्ष कृष्णराज केसीको प्रमुख आतिथ्यतामा वसेको भेलाले जिल्लामा क्रियाशिल कृषि सहकारी सँस्थाहरुको छाता संगठनको रुपमा रहनेगरि संघ गठन गरेको हो ।
नयाँ तदर्थ समितिको उपाध्यक्षमा पष्प देवकोटा, सचिवमा सुर्य वहादुर पाख्रीन, कोषाध्यक्षमा उर्मिला राई र सदस्यहरुमा षडानन्द तिमल्सीना, कुमारी उर्मीला श्रेष्ठ र दुर्गा राउत रहेका छन् । त्यस्तै लेखा समितिमा नारायण प्रसाद चौँलागाई संयोजक तथा कृष्ण कुमार श्रेष्ठ र उर्व कुमार थापा सदस्य रहेका छन् ।
जिल्लामा रहेका कृषि सहकारी सँस्थाहरुलाई एकै ठाउँमा ल्याएर कृषि र किसानका लागि नयाँ तथा प्रभावकारी कार्य गर्ने उद्देश्यले कृषि सहकारी संघको स्थापना गरिएको अध्यक्ष राम वहादुर विकले वताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !