इङलिस प्रिमियर लिग फुटबल गएरातीबाट सुरु
http://sindhulidarpan.blogspot.com/2012/08/sports_19.html
काठमाण्डौ,भदौ ३ ।
इङलिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराती भएका खेलहरुमा वेस्टह्याम, वेस्ट ब्रुम, फुलह्याम र न्युक्यासल युनाइटेड विजयी भएका छन भने आर्सनल र सन्डरल्यान्ड तथा विगान र चेल्सीले बराबरी खेलेका छन् । वेस्टह्यामले एन्टन भिल्लालाई १–०ले, वेस्ट ब्रुमवीचले लिभरपुललाई ३–०ले, फुलह्यामले नरवीच सिटीलाई ५–० ले तथा न्युक्यासल युनाइटेडले टोटेनह्यामलाई २–१ ले पराजित गर्दा आर्सनल र सन्डरल्यान्ड तथा विगान एथ्लेटिक र चेल्सीले गोल रहित बराबरी खेलेका छन् । यस्तै स्पेनिस लिग लालिगा अन्तर्गत गएराती नै भएका खेलहरुमा सेभिल्ला, मालागा र मार्लोकाले जित हात पारेका छन् । सेभिल्लाले गेटाफेलाई २–१ले, मालागाले सेल्टालाई १–० ले तथा मार्लोकाले इस्पानोयलाई २–१ ले पराजित गरेका हुन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !