थारु समुदायको अट्वारी पर्व आज


कैलाली,भदौ ३ । 

पश्चिम नेपालका थारु समुदायले आज धुमधामसँग अट्वारी पर्व मनाउँदै छन् । हिजो साँझ दर खाएका थारु समुदायले आज दिनभर पानीसमेत नपिएर ब्रत बस्ने  गर्दछन् । पश्चिम नेपालका दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउने गर्दछन् । थारु समुदायको  यो प्रमुख पर्व मध्येको एक हो । 

आजै बेलुका पख घरका छुट्टै कोठामा लिपपोत गरेर चोखो रुपमा रोटी, पूरी पकाएर अट्वारी पूजा गर्ने चलन छ । अट्वारीमा रोटी काँक्रा, दही, केरा, वेलौटीका अग्रासन झिकेर पूजा गर्ने परम्परा छ । भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी, भातको फरहार गरिन्छ । फरहार गरिसकेपछि आफ्ना चेलीबेटीलाई  अग्रासन दिन जाने चलन रहेको छ । अट्वारी पर्वलाई आफ्ना चेलीवेटीलाई  सम्मान तथा दाजुभाई र ददीबहिनीबीच एक आपासमा सद्भाव साटासाट गर्ने पर्वका रुपमा लिइन्छ ।


Related

विविध 8803468037099910025

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item