शिक्षण अस्पतालको उपचार सेवा सुरु


काठमाण्डौ,भदौ ३ । 

चिकित्सक तथा कर्मचारीको आन्दोलनका कारण प्रभाबित बन्न पुगेको शिक्षण अस्पताल महाराजगजको उपचार उपचारसेवा आजबाट सुरु भएको छ । सरकारले चिकित्साशास्त्र अध्ययन सस्थानको रिक्त डिनमा बरिष्ठ चिकित्सक प्रा प्रकाश सायमीलाई नियुक्त गरेपछि उपचार सेवा सुरु भएको हो । आन्दोलनका कारण सो अस्पतालको आकश्मिक बाहेक अन्य उपचार सेवा ठप्प भएको थियो । 

केहीदिन ठप्प भएको अस्पतालको सेवा सुरु भएपछि स्वास्थ परिक्षणका लागी बिरामीहरु बिहानै देखि लाइनमा बसेका छन् । बरिष्ठताका आधारमा डिन नियुक्त गरिए पछि  नेपाल चिकित्सक सघले पनि घोषणा गरेको बिरोधका कार्यक्रम फिर्ता लिएको छ । राजनीतिक आस्थाका आधारमा अस्पतालमा रिक्त पदाधिकारी नियुक्ति नगर्न माग गर्र्दै आमरण अनसनमा बस्नु भएका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीले सरकारले प्रा डा सायमीलाई नियुक्त गरे पछि आफनो माग पुरा भएको जनाउदै हिजो अस्पतालकै बिरामी बाट चुस पिएर अनसन तोड्नु भएको थियो ।



Related

राष्ट्रिय 861465220273594282

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item