विपक्षी दलका युवा विद्यार्थी संगठनले बालुवाटार घेराउ गर्दै



काठमाण्डौ,भदौ ३ । 

प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामाको माग गर्दै सडक आन्दोलन गर्दै आएका  विपक्षी दल निकट युवा तथा विद्यार्थीे सङ्गठनहरुले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्दैछन् । अहिले बिहान ९ बजे सुरु हुने घेराउ कार्यक्रम ११ बजेसम्म जारी रहने ती संगठनहरुले जनाएका छन् । राष्ट्रिय सहमतिको सरकारको मुख्य बाधक वर्तमान प्रधानमन्त्री भट्टराई भएको भन्दै आन्दोलन जारी राखेका उनीहरुले तेस्रो चरणको आन्दोलन अन्तर्गत प्रधानमन्त्रीको निवास घेराउ गर्न लागेको युवा संघका महासचिव निरज आचार्यले जानकारी दिनुभयो ।

 यसैगरी युवा तथा विद्यार्थीहरुले सरकारको पक्ष र विपक्षमा गरेको मतदानको मतपरिणाम आज राष्ट्रपति डा. रामवरण यादवलाई बुझाउँदैछन् । हिजो साँझ सकिएको मतगणना कार्यमा राष्ट्रिय सहमतिको सरकारका पक्षमा जनमत आएको उनीहरुले बताएका छन् ।  युवा विद्यार्थी सङ्गठनले गएको बिहीबार उपत्यकाका विभिन्न स्थानसहित देशभर एक सय १० स्थानमा मतदान केन्द्र खडा गरी मत सङ्कलन गरेका थिए । 

Related

विविध 5935912485841875915

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item