मन्दिरको चन्दाका विषयमा हत्या
http://sindhulidarpan.blogspot.com/2012/08/news_5883.html
नवलपरासी, भदौ २ । नवलपरासीमा मन्दिरको चन्दाको विषयमा झगडा हुँदा एक जनाको कुटपिटबाट हत्या भएको छ । कुडिया–४ स्थित मर्चहवा मन्दिरको चन्दाको विषयलाई लिएर सोही ठाउँ बस्ने ६२ वर्षीय शर्मा मगत हरिजनलाई स्थानीयले कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मगतलाई मिथुन हरिजनसमेत ५ जनाले शुक्रबार राति कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । घाईते मगतको उपचारका लागि भरतपुर मेडिकल कलेज लैजाने क्रममा वाटैमा मृत्यु भएको थियो । मगतको हत्यामा संलग्न गया हरिजन र राजाराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ । बाँक अभियुक्तहरु फरार रहेका छन् । उनीहरुको खोजी कार्य जारी राखेको प्रहरी भनाई छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !