बर्दिवासमा यसै हप्तादेखि करदाता सेवा कार्यालय संचालन हुने
http://sindhulidarpan.blogspot.com/2012/08/local_2120.html
बर्दिबास,भदौ २ ।
महोत्तरीको बर्दिवासमा यसै हप्तादेख करदाता सेवा कार्यालय संचालन हुने अर्थ सचिव कृष्णहरी बास्कोटाले बताउनुभएको छ । भन्सार कार्यालय निरिक्षण तथा अनुगमन गर्दै महोत्तरीको जलेश्वरबाट बर्दिबास आईपुग्नुभएका अर्थ सचिव बास्कोटाले उद्योग बाणिज्य संघ बर्दिवास तथा बर्दिवास सेवा समितिका प्रतिनिधिहरुबीच आज भएको भेटघाट कार्यक्रममा यस्तो प्रतिबद्धता ब्यक्त गर्नु भएको हो ।
केही महिनादेखि अर्थ मन्त्रालयबाट बजेट निकासा नभएकोले कार्यालय संचालनमा ल्याउन नसकिएको महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेलको भनाई रहे पनि यस बारेमा सचिव बास्कोटाले आफुलाई सेवा कार्यालय पहिले नै खोल्ने निर्णय भई उदघाटन समेत भईसकेको जानकारी भएको भए पनि कार्यालय संचालनमा नआएको भने थाहा नभएको र अब यसै हप्ताबाट शुचारु गर्न निर्देशन दिने बताउनुभयो । भेटघाटमा उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष सुरेश बहादुर राउतले यस क्षेत्रका ब्यवसायीहरुको समस्याहरुको बारेमा गुनासो राख्नु भएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !