शुल्क बढि लिएको भन्दै उदयपुरमा शिक्षक र विद्यार्थी विच झडप
http://sindhulidarpan.blogspot.com/2012/08/local_7531.html
उदयपुर,भदौ २ ।
तोकिएको भन्दा बढि परिक्षा शुल्क लिएको भन्दै उदयपुर सदरमुकाम गाईघाटमा संचालित मोर्डन इन्ष्टिच्युट अफ हेल्थ साईन्सका संचालक समिति र विद्यार्थीबीच आज झडप भएको छ । इन्ष्टिच्युटले विद्यार्थीहरुसँग लिनु पर्ने शुल्क भन्दा चार सय रुपैयाँ बढि शुल्क उठाएको थाहा पाएपछि प्रशासनसँग आज भएको छलफलमा विवाद उत्पन्न भएपछि कर्मचारी र विद्यार्थी विच कक्षा कोठा भित्र दोहोरो झडप भएको थियो ।
झडपमा परी विद्यार्थी मोती राईको खुट्टामा गम्भीर चोट लागेको छ । आक्रोसित विद्यार्थीहरुले इन्ष्टिच्युटको सम्पूर्ण भौतिक संरचना तोडफोड गरेका छन् ।इन्ष्टिच्युटल सिटिइभिटिको परिक्षामा १७ सय रुपैयाँ लिने प्रावधान भए पनि विद्यार्थीहरुसँग प्रति विद्यार्थी २१ सयका दरले शुल्क लिएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !