सर्लाहीको इश्वरपुरमा लागू औषध नियन्त्रण गर्न समिति गठन
http://sindhulidarpan.blogspot.com/2012/08/local_18.html
सर्लाही ,भदौ २ ।
सर्लाहीको इश्वरपुर गाविसको केशरगंजस्थित ईलाका प्रहरी कार्यालयले लागू औषध नियन्त्रण गर्न ११ सदस्यीय गाँउ ईकाई समिति गठन गरेको छ । लागू औषध नियन्त्रण समितिका संयोजक एवम् सर्लाही प्रहरी प्रमुख राम प्रसाद श्रेष्ठले लागू औषध नियन्त्रण गर्न प्रत्येक गाँउमा लागू औषध नियन्त्रण समिति गर्न निर्देशन दिएकाले ईलाका प्रहरी कार्यालयमा भएको गाउँ भेलाले प्रहरी निरीक्षक शंकरसिंह रावलको अध्यक्षतामा ११ सदस्यीय गाउँ कार्य समिति गठन गरेको हो ।
साथै भेलाले ईश्वरपुर गाविसका पूर्व अध्यक्ष नारायण श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति गठन गरिएको स्थानीयले बताएका छन् । समितिले लागू औषध विरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गर्नेछ । सर्लाहीमा अहिले प्रहरी कार्यालय एवं प्रहरी चौकीहरुले आ–आफ्नो क्षेत्रमा लागू औषध विरुद्ध गाउँ कार्य समिति गठन गर्ने कार्यलाई तिव्रता दिएका छन ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !