काभ्रेमा आजबाट मध्यमाञ्चल स्तरीय फ्रेन्डशीप कराँते प्रतियोगिता
http://sindhulidarpan.blogspot.com/2012/08/sports_8476.html
प्रकाश सुन्दास, काभ्रे,भदौ ३ ।
काभ्रेको सदरमुकाम धुलिखेलमा आजबाट मध्यमाञ्चल स्तरीय फ्रेन्डशीप कराँते प्रतियोगिता हँुदैछ । धुलिखेल डोजो संघले आयोजना गरेको प्रतियोगितामा मध्यमाञ्चल भित्रका विभिन्न जिल्लासहित कास्की, दाङलगायतका जिल्लाका खेलाडीहरु सहभागी हुने बताइएको छ ।
भोलिसम्म चल्ने प्रतियोगितामा करिब ६ सय खेलाडी सहभागी हुने धुलिखेल डोजो संघका प्रमुख प्रशिक्षक विजय लामाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान साँढे १० बजेपछि गर्ने आयोजकले बताएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !