शुटिङ पश्चात सम्पादनमा शुट

http://sindhulidarpan.blogspot.com/2012/08/film_19.html
सिन्धुलीका विश्वदिप घिमिरेले निर्देशन गरेको चलचित्र शुट अहिल्य सम्पादनमा रहेको छ ।
भैतिक शुटभन्दा बौद्धिक सुट कैयौ गुणा शक्तिशाली हुन्छ भन्ने भावलाई समेटेर वनाईएको चलचित्र शुट (फायर दि माईन्ड) को हाल धमाधम सम्पादन भईरहेको छ । क्रियटिभ एक्सपोजको प्रस्तुती रहेको चलचित्रको लेखनपनी निर्देशक घिमिरेले नै गरेका हुन् ।
चलचत्रिमा दीपक क्षेत्री, सुभाष गजुरेल, रामचन्द्र अधिकारी, दिनेशजंग खड्का, सुरज रानभाट, विशाल केसी, दक्षिण थापा, नीता पोखरेल, रञ्जिता लिम्बू, जिएस पाण्डे, उपदेश तिमिल्सिना लगायतका कलाकारको अभिनय रहेको छ । यो सिनेमालाईर् एम आलेले छायाँकन गरेका हुन् । चलचित्रमा वनचुन चेम्जोङको द्वन्द्व, सरोज-राजु एवम् भोजराज प्रसाईंको सङ्गीत तथा अच्युत घिमिरे नृत्य रहेको छ । चलचित्रलाई अनुष्का खड्का र रिता केसी ले निर्माण गरेका हुन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !