असोज १३ गते जनकपुरमा म्याराथन प्रतियोगिता


काठमाण्डौ,भदौ ३ । 
खेलकुदको विकास सँगै शान्तिप्रती ऐक्यवद्धताको नासासहित दोश्रो जनकपुर क्रस कन्ट्री २०६९  म्याराथन प्रतियोगिता असोज १३ गते सुरु हुने भएको छ । फुल म्याराथनमा ४२ किलोमिटर दुरी रहेन छ भने मिनि म्याराथनमा १० किलोमिटर दुरी तय गरिएको छ । 

फुल म्याराथनमा प्रथम हुनेलाई ५० हजार र ट्रफि,दोश्रो हुनेलाई २५ हजार र ट्रफि, एवं तृतिय हुनेलाई १० हजार र ट्रफि पुरस्कार वितरण गरिनेछ । मिनि म्याथनतर्फ भने प्रथम हुनेलाई १० हजार र ट्रफि, दोश्रो हुनेलाई ५ हजार र ट्रफि एवं तृतिय हुनेलाई ३ हजार र ट्रफि पुरस्कार वितरण गरिने खेलकुद तथा संस्कृती विकास कोष जनकपुरका अध्यक्ष दिपेन्द्र महासेठले जानकारी दिनुभयो ।

 प्रतियोगितामा सहभागी हुन नेपालीको लागी रु एक सय, भारतियको लागी भारु एक सय र अन्य मुलुकको लागी एक सय अमेरिकन डलर शुल्क लाग्ने छ भने सवैभन्दा वढी प्रतियोगी सहभागी गराउने शिक्षण सस्थालाई ११ हजार नगर र कदरपत्रका साथ सम्मान गरिने कोषका अध्यष महासेठले जानकारी दिनुभयो । महासेठ भन्नुहुन्छ हालसम्म नेपाल वाहेकका मुलुकवाट २ सय भन्दा वढी खेलाडीले पासपोर्ट पठाईसकेका छन् । जनकपुरमा हुने खेल भव्य हुदैछ हामी कसरी स्तरिय व्यवस्थापन गर्न सकिन्छ भन्नेतर्फ लागीपरेका छौ । 

Related

प्रमूखखबरहरु 9095702043347019234

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item