सिन्धुलीमा व्यवसायीक भुईकटहर खेती

http://sindhulidarpan.blogspot.com/2012/08/sindhuli_19.html
चिना थापा,सिन्धुली,भदौ ३ ।
सिन्धुलीमा भूईकटहर खेती व्यवसायीक रुप गर्न थालिएको छ । विषेश गरी कमलामाई नगरपालिका लागयत कलाखोज र मरिण क्षेत्रमा यसको उत्पादन राम्रो हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सिन्धुलीको डाँडिगुरासे गाविसका महिलाहरु भुईकटहर बेचेर राम्रो आम्दानी गर्न थालेका छन् । कटहर बेच्नको लागि शनिबार सिन्धुलीमाढीको हाटमा ल्याउने गरेको उनीहरु बताउँछन् । भुईकटहर बेचेर महिनामा दश हजार सम्म कमाउने गरेको र आफ्नो परिवार चलाउन सजिलो भएको डाडिगुरासे २ की दिल कुमारी भुजेल वताउनुहुन्छ ।
सिन्धुलीको डाडिगुरासे, कपिलाकोट, कमलाखोज लगाएत सिन्धुलीको कमलामाई नगरपालिकाको सबै वडाहरुमा भुईकटहरको खेति गर्ने गरिएको छ । अहिले बजारमा प्रतिवटा २० देखि २५ रुपैयाका दरले विक्री वितरण भईरहेको छ । भुईकटहरको जुस राम्रो हुने भएकाले गर्मीको सिजनमा जुस पनि धेरै विक्री हुनेगरेको जुस व्यवसायीहरुको भनाई छ । डाडीगुरासे आपचौरकी नन्दकुमारी पुरी पनि भुईकटहर बेचेरनै आफ्नो घरपरिवार चलाउदै आएको वताउनुहुन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !