माओवादी हठका कारण संविधान बनेन :खड्का

ध्रुवचन्द्र खड्का, सिन्धुली,जेठ ३१ । 
सिन्धुलीको कमलामाई नगरपालिका– १७ मा नेकपा एमालेको वडा अधिवेशन कृष्णहरी पौडेलको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति चयन गर्दै मंगलवार सम्पन्न भएको छ ।
अधिवेशनलाई सम्वोधन गर्दै युवा संघ नेपालका केन्द्रिय कमिटि सदस्य एवं कार्यक्रमका प्रमुख अतिथी विनोद खड्काले माओवादीको हठका कारण संविधान नआएको आरोप लगाउनुभयो । खड्काले सत्ता लिप्सा र प्रधानमन्त्रीको कुर्सीवाटै सत्ता कव्जा गर्ने षड्यन्त्रका कारण मुलुकले द्धन्द्ध खेप्नुपरेको वताउनुभयो । साथै नेकपा एमालेले माओवादीको एकलौैटी शासन पद्धतीको सुरुदेखि नै विरोध गरेको र एमालेले देशमा सहकार्य र सहमतिवाटै नयाँ संविधान चाहेको समेत धारणा व्यक्त गर्नुभयो  ।
गौतम भट्टराईको अध्यक्षतामा भएको अधिवेशनमा रमेश देवकोटा, प्रमोद परियार लगायत स्थानियको सहभागिता रहेको थियो । नयाँ कार्यसमितिको उपाध्यक्षमा विष्णु कुमारी खड्का, सचिवमा पुरुषोत्तम परियार, सहसचिवमा पम्फा बस्नेत लगायत सदस्यहरु रहेका छन् ।

Related

स्थानिय 6483035700629719607

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item