भोली जेसिकाको दाहसंस्कार

काठमाण्डौ,जेठ ३० । 
घाँटीमा सलले पासो लगाएर आत्महत्या गरेकी अभिनेत्री जेसिका खड्काको श्रद्धाञ्जली कार्यक्रम गरेर मात्र दाहसंस्कार गरिने भएको छ । पाँच बर्ष अघि आवाज भन्ने फिल्मबाट फिल्म नगरीमा पाईला राखेकी जेसिका चर्चित कलाकार हैनन् तर कलाकारको नजरमा उनी पनि अरु सरह समान रहेकाले चलचित्र कलाकार संघले श्रद्धाञ्जली कार्यक्रम गर्न लागेको हो । 'भोली बुधबार बिहान ८ बजे चलचित्र बिकास बोर्डमा उनको श्रद्धाञ्जली कार्यक्रम तय भएकाले यहि खबर मार्फत सम्पूर्ण फिल्मकर्मीलाई श्रद्धाजलीमा उपस्थित हुन अनुरोध पनि गर्दछु',  शिक्षण अस्पताल महाराजगंजमा भेटिएका संघका महासचिव नवल खड्काले भने ।

पूर्वाचल ईटहरी-७ फुलवारी चौककी (ज्योति) नाम परिवर्तन गरि जेसिका बनेकी उनी काठमाण्डूको बसन्तपुरमा १६ बर्षे भाई यूनिकका साथ डेरा गरी बस्दै आएकी थिईन् । भाई यूनिकले रातको १० बजे सम्म हासिखुशी रहेको दिदीलाई बिहान एक्कासि यो अवस्थामा देख्दा चकित भएको बताए । जेसिकाको आत्महत्यालाई हत्या भनिएको बिषयमा फैलिएको खबर हुन नसक्ने यूनिकले बताए । उनले भने, 'चेन गटेमा चावी लगाएर सुतेका थियौं अनि झ्यालमा पनि ग्रिल भएकाले कसैले भित्र छिरेर त्यस्तो गर्न सक्दैन ।'

सोमबार राति लाष्ट कल प्रोडक्सन कन्ट्रोलर बालदीप राईसंग भएको पाईएपछी प्रहरीले आवश्यक अनुसन्धान गरी राईलाई छाडि दिएको छ । उनीसंग प्रहरीले के कस्तो बयान लियो त्यो सार्वजनिक गरिएको छैन । यध्यपी जेसिकाको भाईका अनुसार जेसिकाले नै बालदीपलाई फोन गरेको रेकर्ड छ । दिदीको मंगलबार साँझ सम्मको अवस्था बारे उनले भने, 'दिदीलाई बेला बेला पुराना कुराले तनाव दिने गर्थ्यो जसकारण उहाँ रिसाएको बेला दश मिनेट सम्म जो कोहीलाई अघि देख्दा चिथोर्ने गर्नुहुन्थ्यो । रिसाएको बेला उहाँलाई कसैले रोक्न सक्दैन थियो पछि आफै बेहोस हुनुहुन्थ्यो अनि सव थोक फेरी ठीक हुन्थ्यो ।' 

जेसिकाले सो दिन एक साथिलाई पनि भेटेर रमाईलो गरेकी थिईन् । 'कहिलै माक्स नलगाउने उ हिजो दिउँसो मसंग सपिङ गर्न जाँदा विना माक्स आएकी थिई र चिया खाँदा पनि नजिकै आएर खा भनेकी थिई । अनि कहिलै अंगालो नहाल्ने उसले मलाई अंगालो हालेकी थिई', जेसिकाको नजिकको साथी अस्मिता गिरीले भनिन् ।

पाँच बर्षअघि गायक प्रकाश ओझाले फसाएको सेक्स टेप प्रकरणमा मुछिएकी जेसिका सोही समय देखि तनावमा रहने गरेको उनको पारिवारले जनाएको छ । छोरीको सो अवस्था थाहा पाएपछी जेसिकाको सानो बुवा र एक आफन्त ईटहरीबाट काठमाण्डू आएका थिए ।

Related

मनोरञ्जन 8316266699963185777

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item