कप्तान महेन्द्रसिंह धोनी नेपाल आँउदै
http://sindhulidarpan.blogspot.com/2012/06/i_4524.html
काठमाण्डौ,जेठ ३० ।
भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनी आगामी शनिवार काठमाडौं आउने भएका छन् । काठमाडौंस्थित भारतीय दुतावासको औपचारीक निमन्त्रणामा धोनी नेपाल आउन लागेका हुन् ।
शनिवार विहान काठमाडौं आईपुग्ने धोनीले २४ घण्टा काठमाडौंमा बिताउनेछन् ।
नेपाल भ्रमणको क्रममा धोनीले किर्तीपुर मैदानमा नेपाली अण्डर नाईन्टीन टोलीसँग केही समय बिताउनेछन् भने नेपाल क्रिकेट संघसँग अन्तरकृया समेत गर्नेछन् ।
भ्रमणकै क्रममा धोनीले हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव पशिपथिनाथ मन्दिरको दर्शन पनि गर्नेछन् ।
एक दिवसीय तथा ट्वान्टी ट्वान्टी विश्वकप विजेता भारतीय क्रिकेट टोलीका किर्तीमानी कप्तान धोनीको नेपाल भ्रमणले नेपाली क्रिकेट खेल र खेलाडीमा निकै उर्जा थपिने क्रिकेट संघको दावी छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !