अपाङ्गकल्याण संघ द्वारा सामग्री वितरण

सिन्धुली,जेठ ३० । अपाङ्गकल्याण संघ सिन्धुलीले नगर क्षेत्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग सामाग्री वितरण गरेको छ ।  कार्यालय परिसरमै  एक कार्यक्रम गरी अपाङ्गगता भएका ५ जना ब्यक्तिलाई अपाङ्गता सहयोग सामाग्री वितरण गरिएको हो । कमलामाई नगरपालिकाको पचाँस हजार सहयोगमा सो सामाग्रीहरु खरिद गरि वितरण गरेको आयोजक अपाङ्गकल्याण संघ सिन्धुलीले जनाएकोछ । 


संस्थाको उपाध्यक्ष श्री विरबहादुर थापाको अध्यक्षतामा संचालित कार्यक्रममा  प्रमुख अतिथी तथा नगर प्रमुख श्री यूवराज आचार्यले वितरित सामाग्रीहरुको सही सदुपयोग हुनु पर्नेमा जोड दिदै उनीहरुलाई  नगरपालिकाले हरतरहले सहयोग गर्ने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले फरक क्षमता भएकाव्यक्तिहरुलाई राज्यले उचित मुल्याङन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।  

Related

फोटोखबर 6495110296267403965

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item