सिन्धुलीमा प्रशासन घेराउ

नविन श्रेष्ठ,सिन्धुली, जेठ ३० ।  जिल्लाका अधिकांश कृषकहरूले मकैको फल लिने समयसम्ममा पनि रासायनिक मल नपाएपछि आइतबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्् ।
उनीहरूले समयमा पर्याप्त मल पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय घेरेका हुन् । सयौंको संख्यामा जिल्ला प्रशासन कार्यालयमा पुगेका कृषकहरूले गाउँ–गाउँबाट मल लिन ल्याएका झोला र प्लाष्टिक देखाउँदै प्रमुख जिल्ला अधिकारीसँग मल उपलब्ध गराई दिन आग्रह गरेका थिए ।
झण्डै ३ महिनापछि शुक्रबार ५ सय ७० क्विन्टल सुपथ मूल्यको मल सिन्धुली भित्रिएको भएपनि शनिबारसम्म सबै सकिएपछि आइतबारबाट जिल्लामा मल वितरण गर्दै आएको कृषि सामाग्री लिमिटेड र शिद्देश्वर बहुमुखी सहकारी संस्थाले कृषकलाई मल दिन सकेको छैन । उक्त मल शुक्रबार र शनिबार २५ केजीका दरले कृषकहरुलाई उपलब्ध गराइएको भएपनि आइतबार गाउँ–गाउँबाट आएका सयौं कृषकहरूले रित्तै फर्कनु परेको भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।
कृषकहरू मल माग्दै जि.प्र.का. पुगेपछि उनीहरूको मागप्रति स्थानीय प्रशासन गम्भीर भएको भन्दै जतिसक्दो छिटो मल ल्याउन पहल गर्ने प्रमुख जिल्ला अधिकारी वेणिमाधव ज्ञवालीले आश्वासन दिएका छन्् । कृषकहरूले कार्यालय घेरेर धर्ना दिएपछि केहि दिनमै मल ल्याउन पहल गर्ने र सहजरूपमा कृषकहरूलाई मल वितरण गर्ने ज्ञवालीले विश्वास दिलाएका छन्् । ‘मंगलबारसम्म पनि मल नपाए जिल्लामा शसक्त आन्दोलन गर्नेसमेत कृषकहरूले चेतावनी दिएका छन्् । मकैवालीमा मल हाल्न नपाएपछि सुकेर सकिसक्यो अब एकहप्ता भित्रैमा धानबाली लगाउनु पर्छ । धानबालीमा पनि मल हाल्न नपाए भोकमरीले खान नपाई मरिने अवस्था आउँछ, यो सरकारी निकायको निकम्मा पन हो । अब हामी सबै कृषकहरू एक भएर जिल्ला बन्द गर्छौं’– भद्रकाली गाविसका कृषक सोमबाहादुर सुनुवारले चेतावनी दिए ।
‘मल लिन दिनमाया मारेर बस्यौं, अन्ततः सामाग्री केन्द्र र सहकारीमा मल छैन भन्ने खबर पाइयो, अब रित्तै हात घर जानु पर्छ, गाउँ पर्केर खेतबारीमा मकै हेरो सुकेर बोटमै खेर गइसक्यो सम्झदा आँसु आउँछ’– रानिचुरीका कृषक फुलमान थिङले गुनासो गरे । ‘न प्रशासनले मल उपलब्ध गराउन पहल गर्छ न कृषकहरू आफै गएर ल्याउने ठाँउ छ,’ थिङले भने— ‘गाउँ–गाउँमा केहि ब्यापारीहरूले कालो बजारी गरेर २३ सयदेखि ३० हजार रूपैंयाँ बोरासम्म मल बिक्री गर्छन् । हामी जस्ता गरीबले कहाँबाट त्यत्रो पैसा तिर्न सक्नु ।’
‘शुक्रबार नै मल आएको रहेछ, त्यो पनि थाहा भएन । सरकारले कृषकहरूलाई भनेर सुपथ मुल्यमा अनुदानको मल उपलब्ध गराउने भनेपनि सामाग्री कम्पनी र सहकारीहरूले पैसा लिएर व्यापारीलाई मल उपलब्ध गराउने गरेर होला । गाउँ–गाउँमा कालोबजारीको मलहरू बिक्री भएको छ’ थिङले गुनासो गरे– ‘सर्वसाधरणले भने रित्तो हात लिएर फर्कनु परेको छ ।’
जिल्लामा लामो समयदेखि मल नपाएका कृषकहरूको यस्तै गुनासो रहेको छ । उनीहरूले समयमा मल नपाए मकैवालीसँगै धानबालीसमेत नहुनेमा थप चिन्तित भएका छन्् । आ.व. ०६७÷०६८ सँगै चालु वर्षको यो अवधिसम्ममा युरिया, डिएपी र पोटास गरी २ करोड, ९१ लाख ९९ हजार ३ सय ३६ रूपैंयाँ ७८ पैसा बराबरको २८ हजार ३ सय ९४ बोरा मल कृषकहरूलाई उपलब्ध गराएको बताइएको छ तर अझै जिल्लामा २० हजार बोरामलको माग भएको कृषि सामाग्री कम्पनीका कार्यालय प्रमुख श्रीकण्ठप्रसाद उपाध्यायले जानकारी दिए ।

Related

प्रमूखखबरहरु 8590898587594453040

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item