एमाओवादीमा नयाँ पार्टी जन्मिदै
http://sindhulidarpan.blogspot.com/2012/06/i_3565.html
काठमाडौं, असार ४। एमाओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले आज नयाँ नाम सहित पार्टी घोषणा गर्ने भएको छ । बैद्य समूहको काठमाडौंमा जारी राष्ट्रिय भेलाले संभवत आजै नयाँ नाम सहितको पार्टी घोषणा गर्ने एक नेताले जनाएका छन् ।
भेलाको बन्द सत्रमा पेश भएको राजनीतिक प्रतिवेदनमा नेकपा मओवादी (क्रान्तिकारी) नाम प्रस्ताव गरिएको थियो । समुह बनाएर भएका छलफल र अन्य विषयमा टोली नेताले बन्द सत्रमा धारणा राखेपछि सो राजनीतिक प्रतिवेदनलाई पारित गरेर नयाँ पार्टीको औपचारिकता दिईने नेताहरुको भनाई छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !