प्रधानमन्त्री विदेश भ्रमणमा जाने/विपक्षीले अवरोध गर्ने

काठमाडौं, असार ४ । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई आज विदेश भ्रमणका लागि प्रस्थान गर्ने हुनु भएको छ । दिउसो करिव साढे दुई बजेको उडानबाट भट्टराई ब्राजिल तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
ब्राजिलमा हुने एक कार्यक्रममा भागलिन भट्टराई एक सातका लागि त्यस तर्फ जान लाग्नु भएको हो । उता, कांग्रेस/एमाले सहितका विपक्षी दलहरुले भने कामचलाउ सरकारले मुलुकको प्रतिनिधित्व गर्न नसक्ने भन्दै नजान आग्रह गर्दै आएका छन् ।

उनीहरुले मुलुककमा चुलिएको राजनीतिक गतिरोधको अन्त्य नगर्दा सम्म मुलुक बाहिर जान नहुने भन्दै प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थलमा अवरोध गर्ने जनाएका छन् ।  प्रधामन्त्रीको अवरोधलाई ध्यानमा राखेर स्थानीय प्रशासनले त्रिभुवन विमान स्थल आसपासको क्षेत्रमा विहानैदेखि उच्च सुरक्षा व्यवस्था बनाएको छ ।

Related

राष्ट्रिय 999479045432659851

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item