डुडभन्ज्याङमा आगलागी, करिव ४ लाख वरावरको क्षति
http://sindhulidarpan.blogspot.com/2012/06/i_18.html
चिना थापा,सिन्धुली,असार ४ ।
सिन्धुलीको डुडभन्ज्याङ गाविस वडा नम्बर ९ डुडभन्ज्याङमा गएराती आागलागी हुँदा स्थानिय रेशम बहादुर सुनुवारको घर र गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट ४ लाख बराबर क्षति भएको स्थानिय गणेश बहादुर पहरीले जानकारी दिनुभयो ।
आगलागीबाट घरभित्र रहेका सम्पूर्ण अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको पिडित सुनुवारले बताउनुभयो । रातको ३ बजे सोलारको तार सट हुँदा ब्याट्री पड्केर लागलागी भएको उहाँले बताउनुभयो । आगो स्थानियबासीले नियन्त्रणमा लिएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !