माओवादीको वैद्य समूहको आन्तरिक छलफलमा

काठमाण्डौ,जेठ ३२ । 
एकीकृत माओवादी संस्थापन पक्षले गरेको पार्टी एकताको प्रस्तावलाई असन्तुष्ट वैद्य समूहले अस्वीकार गरेपछिको अबको रणनीतिको बारेमा छलफल गर्न वैद्य समूहको बैठक आज बस्दैछ । राजधानी काठमाडौंमा अहिले केहीबेरमा सुरु हुने बैठकमा अवको आफूपक्षको विचार समूहको योजनाको बारेमा छलफल हुने माओवादी सचिव सीपी गजुरेलले सीआईएनलाई जानकारी दिनुभयो । सचिव गजुरेलका अनुसार अध्यक्ष प्रचण्डको ७ बुँदे प्रस्तावमा कुनै नयाँ कुरा नभएकोले तत्कालको पार्टी एकताको प्रस्ताव अस्वीकार गर्नुपरेको हो । माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताको लागिभन्दै हिजो ७ बुँदे लिखित प्रस्ताव वरिष्ठ उपाध्यक्ष मोहन वैद्यलाई बुझाउनुभएको थियो । पार्टी एकता तथा पार्टी सिद्वान्तको बारेमा छलफल गर्न आफूहरु तयार रहेको जानकारी दिदै गजुरेलले भोलिका लागि बोलाइएको असन्तुष्ट विचार समूहको भेलाले पार्टी फुट्ने वा जुट्ने भन्ने कुराका निक्र्यौल गर्ने बताउनुभयो । आजको बैठकमा भोलिको राष्ट्रिय कार्यकर्ता भेलालाई ब्यबस्थित बनाउने बारेमा पनि छलफल हुने गजुरेलले जानकारी दिनुभयो । भोलिको भेलामा १२ सयभन्दा बढि कार्यकर्ता सहभागी हुने बताइएकोे छ । 
यसैबीच पार्टी एकताको प्रयासमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पनि वैद्य समूहसँग छलफल गर्नुहुने भएको छ । अपरान्ह हुने छलफलमा पार्टी एकताको बारेमा कुराकानी हुने प्रचण्ड निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रचण्डले वैद्य समूहले शङ्का गरेको लिखित बुँदाको बारेमा स्पष्ट पार्ने र विश्वास दिलाउने प्रयास गर्नुहुनेछ । वैद्य समूहसम्गको छलफलअघि प्रचण्डले आफू निकटका शीर्ष नेताहरुसँग पनि छलफल गर्न लाग्नु भएको बुझिएको छ । 

Related

राष्ट्रिय 2736968845835729134

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item