जिविस महोत्तरीको ९ करोड फ्रिज हुने
http://sindhulidarpan.blogspot.com/2012/06/i_3934.html
सन्तोष पोखरेल , महोत्तरी,जेठ ३१ ।
महोत्तरीमा यो वर्ष जिल्ला विकास समितिबाट कार्य सम्पादन हुने गरी आएको ९ करोडभन्दा बढि रकम फ्रिज हुने भएको छ । जिविस विकास निमार्णका कामका लागि विश्व बैंक र विभिन्न मन्त्रालयबाट प्राप्त गरेको रु ९ करोडभन्दा बढि रकमका योजनाहरु टेण्डर स्वीकृति गर्न ढिलाई गरेपछि फ्रिज हुने भएको हो । जिविसको कार्यालयले विश्व बैंकबाट जिल्लामा पुल निर्माण र सडकस्तर उन्नतीका लागि पाएको रु ५ करोड ६० लाख र राष्ट्रिय योजना आयोगबाट बिभिन्न योजनाका लागि बिनियोजित ४ करोड भन्दा बढि रकमको ठेक्का,बन्दोबस्त स्वीकृत गर्न ढिलाई गरेपछि यो रकम फ्रिज हुने सम्भावना बढेको जिविसका कर्मचारीहरुले बताएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !