एनसेलले फुटबललाई एक करोडको सहयोग गर्ने
http://sindhulidarpan.blogspot.com/2012/06/i_4359.html
काठमाडौँ,जेठ ३२ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यो वर्ष आयोजना गर्ने फुटबलका विभिन्न कार्यक्रम तथा प्रतियोगितालाई एनसेल प्रालिले प्रायोजनवापत रु १ करोडको सहयोग गर्ने भएको छ ।
अध्यक्ष थापाले एनसेलले प्रायोजनवापत गरेको आर्थिक सहयोग आगामी भदौ २७ देखि असोज ७ गते सम्म सञ्चालन हुने ए डिभिजन नक आउट फुटबल प्रतियोगित, भदौ ७ देखि २० सम्म हुने यु–१६ फुटबल प्रतियोगिता, असार २३ देखि साउन ६ सम्म हुने राष्ट्रिय महिला फुटबल प्रतियोगिता र आगामी चैतमा हुने वर्ष खेलाडी पुरस्कारका लागि प्राप्त हुने बताए ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा एनसेलकी कर्पोरेट कम्युनिकेसन म्यानेजर सन्जु कोइरालाले यो सहयोगले नेपाली फुटबल विकासमा ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै सो कुरा बताएकी हुन सो अवसरमा एन्फा अध्यक्ष गणेश थापाले नेपाली फुटबलको इतिहासमा यो सहयोग ऐतिहासिक भएको बताए ।
अध्यक्ष थापाले एनसेलले प्रायोजनवापत गरेको आर्थिक सहयोग आगामी भदौ २७ देखि असोज ७ गते सम्म सञ्चालन हुने ए डिभिजन नक आउट फुटबल प्रतियोगित, भदौ ७ देखि २० सम्म हुने यु–१६ फुटबल प्रतियोगिता, असार २३ देखि साउन ६ सम्म हुने राष्ट्रिय महिला फुटबल प्रतियोगिता र आगामी चैतमा हुने वर्ष खेलाडी पुरस्कारका लागि प्राप्त हुने बताए ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !