लाख रुपैयाबराबरको सालको काठ सर्लाहिमा बरामद
http://sindhulidarpan.blogspot.com/2012/06/i_4986.html
शुक्रराज लामा,सर्लाही,जेठ ३२ ।
सर्लाहीको पत्थरकोटबाट प्रहरीले लुकाई राखेको अवस्थामा आज बिहान सालको काठ बरामद गरेको छ । पत्थरकोट ३ बाट प्रहरीले पालले छोपेर राखेको अवस्थामा सालको ५५ वटा फल्ली बरामद गरेको कर्मैया प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सन्तोष पण्डितले जानकारी दिनुभयो । काठको बजार मूल्य एक लाख १० हजार रहेको अनुमान गरिएको छ । सालको काठ लुकाई राखेको प्राप्त भएको सूचनाको आधारमा लालबन्दी प्रहरी चौकी र कर्मैया प्रहरी चौकीको संयुक्त टोलीले काठ बरामद गरेको हो । बरामद गरिएको काठ जिल्ला वन कार्यालयमा बुझाइएको नायब निरीक्षक पण्डितले जानकारी दिनुभयो । काठ बरामद भएता पनि कसले ल्याएको हो भन्ने कुनै जानकारी नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !