चन्द्रावतीको ३० औ वार्षिकउत्सव सम्पन्न

http://sindhulidarpan.blogspot.com/2012/06/i_5789.html
अन्जु तामाङ,सिन्धुली,जेठ २१ ।
सिन्धुलीको चन्द्रावती उमावि वेलघारीको ३० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंम्भीर सिँह तामाङको सभापतित्व तथा निमित्त जिल्ला शिक्षा अधिकारी दुर्गा प्रसाद काफ्को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा विद्यालयका प्रधानाध्यपक केसवराज पहाड र लेखापाल रामु घिमिरेले ५९ लाख ७३ हजार ६ सय ३९ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा २०६८ को वार्षिक परिक्षामा प्रथम,द्धितिय र तृतिय हुने छात्र छात्राहरुलाई पुरस्कार वितर पनि गरिएको थियो । वार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद तथा हाजिरीजवाफ प्रतियोगिता सहभागी भई विजयी हुने विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो । ३०औं वार्षिक उत्सवको अवसरमा भुपु विद्यार्थी समाज बेलघारीका अध्यक्ष रामेश्वर दहाल, कोषाध्यक्ष पुरुषोत्तम दाहाल लगाएत विभिन्न राजनीति दलका प्रतिनिधिहरुले आ आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !