'१४ महिनादेखि खुल्ला आकाशमुनी पढ्दै विद्यार्थी'

मिनकुमार दाहाल, सिन्धुली, माघ ३ ।

कमलामाई नगरपालीका ४ मा रहेको मनकामना प्रावि जरायोटारमा पढ्ने बालबालिका १४ महिना देखी खुल्ला आकासमा पढ्न वाध्य छन् । चौध महिना देखि विद्यालयमा अभिभावक र शिक्षक विचको आन्तरिक द्धन्द्धको कारण सो विद्यालय १४ महिना देखी वन्द छ । विद्यालय वन्द भए पछि त्यहाँ पढ्ने वालवालीकाले सास्ती खेप्दै आएका छन । वर्षाको पानी, चर्को घाम वा हावाहुरीसंग सामना गर्दै आएका बालबालिका पुस, माघ महिनाको चिसोमा स्कुल चौरमा पढ्न बाध्य भएका छन् । तिन कक्षा सम्म पढाई हुने सो विद्यालयमा ५६ जना विद्यार्थीहरु पढ्दै आएका छन् ।

विद्यालयका शिक्षकहरुले नौं वर्षदेखि विद्यालयको अडिट नगराएको, अभिभावक भेला नबोलाएको, विद्यालयमा आर्थिक अनियमिता गरेको आरोपमा गत वर्षको असोज २८ गतेदेखि अभिभावकले सो विद्यालयमा ताला लगाएका थिए । विद्यालयमा ताला लागेको १४ महिना वितिसक्दा समेत ताला खुल्न सकेको छैन् । जसका कारण विद्यार्थीहरु खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य छन् ।

विद्यालयका दुइवटा भवन छन्, शौचालय छ, तर त्यो विद्यार्थीहरुले उपयोग गर्न पाएका छैनन् । विद्यालयमा अभिभावकको एउटा र शिक्षकको गरि दुइवटा ताला लागेको छ । ९ वर्ष देखिको विद्यालयको कुनैपनि आर्थिक कारोबारको रेकर्ड नभएकाले तत्काल आर्थिक पारदर्शिता हुनुपर्ने, विद्यालयमा नियमित नआउने प्रध्रानाध्यापक बिनु खड्का, शिक्षिका कमला खड्का र कार्यालय सहयोगी मैंया कार्कीलाइ अन्यत्रै पठाइ शिक्षा कार्यालयले शिक्षक पठाउनुपर्ने अभिभावकहरुको माग रहेको स्थानीय गोविन्द खड्का बताउनुहुन्छ ।


अभिभावकहरुले विद्यालयमा कार्यरत तिनै जना शिक्षकहरुलाई निस्कासन गरेका छन । हाल अभिभावकहरुकै नियुक्तीमा चार जना स्वयंमसेवक शिक्षकहरुले विद्यार्थीहरुलाई पठनपाठन गराईरहेका छन् । विद्यालयमा कार्यरत शिक्षीकाहरुलाई स्थानियले विद्यालयमा पढाउन नदिए पछि शिक्षा कार्यालयले त्यहाँ भएका सवै शिक्षकलाई अन्यत्र सरुवा गरि दिएको छ । विद्यालय जाँदा अभिभावकले शिक्षकहरुलाई कुट पिट गरे पछि शिक्षा कार्यालयले उनीहरुलाई अन्यत्र सरुवा गरेको हो ।

पटक—पटक विद्यालयमा भएको अनियमितताका सम्बन्धमा छानविन गरी दोशीमाथी कार्वाहीका लागि अनुरोध गर्दा समेत जिल्ला प्रशासन र शिक्षा कार्यालयले कुनै पहल नगरेको अर्का अभिभावक तेजबहादुर रानाको आरोप छ ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुनिता थापाका अनुसार हाल भएका शिक्षक अन्यत्र सरुवा गरी अर्को शिक्षक नआएसम्म कुनै हालतमा विद्यालयको ताला खोलिने छैन् ।

विद्यालयका प्रअ विनु खड्का, शिक्षिका खड्का र कार्यालय सहयोगी कार्कीलाइ अभिभावकहरुले विद्यालय प्राङ्गणमा जान समेत रोक लगाएका थिए ।

विद्यालयको विवाद समाधान गर्न नसकेपछि विवादित तिनै जना शिक्षकहरुलाई नजीकैको फोस्रेटार माविमा हाजिर गरायर तलब खुवाइएको शिक्षा कार्यालयको भनाई छ । दुवै जना शिक्षिका राहत दरबन्दीमा कार्यरत छन् । विद्यालयमा तत्कालिन अध्यक्ष अक्कलबहादुर रानालाई हटाई अभिभावकहरुले गत वर्षको असोज १८ गते स्थानीय अभिभावक सुनिता थापालाई अध्यक्ष बनाएका थिए ।

व्यवस्थापन समितिको निर्णय बिनै शिक्षिका र कार्यालय सहयोगीलाइ मासिक तलब खुवाएकोमा समेत अभिभावकहरु आक्रोसित छन् । लामो विवादपछि बनेको व्यवस्थापन समितिलाइ शिक्षा कार्यालयले समर्थन गरेको तर व्यवस्थापन समितिको निर्णय नभई तलब खुवाएकोमा आफ्नो अशन्तुष्टि रहेको अध्यक्ष थापाको गुनासो छ ।

अभिभावकहरुले गठन गरेको व्यवस्थापन समितिलाइ शिक्षाले समर्थन, दिएको छ, अध्यक्ष थापाले भन्नुभयो, ‘व्यवस्थापन समितिलाइ समर्थन गर्ने अनी उसको निर्णयबिनै तलब खुवाउने, दरवन्धी अर्को विद्यालयमा पठाउने यो कस्तो नियत हो ।’


 अभिभावकहरुले शिक्षा कार्यालय, शिक्षकहरु र जिल्ला प्रशासन कार्यालयलाई समेत विपक्षी बनाई अख्तियारमा उजुरी दिएको जनाएका छन् । उता प्रअ खड्का भने व्यवस्थापन समिति गठनबाटै शिक्षक र अभिभावकबीच द्वन्द बढेको बताउँनुहुन्छ । शिक्षाका श्रोत व्यक्ति (आरपी) ले व्यवस्थापन समितिमा असली अभिभावक छन्, कि छैनन् भन्दा यथार्थ कुरो भनिदिए त्यै भएर विद्यालयमा ताला लगाइएको छ ।, आफुहरु नियमित विद्यालय गएपनि विद्यालयमा जानबाट रोक लगाएकाले विद्यार्थीसामु पुग्नै नपाइ फर्किने गरेकोले शिक्षाले अहिले अर्कै विद्यालयमा हाजीर हुन भनेपछि अनेत्र गएका छौं," प्रअ खड्काले भन्नुभयो ।

शिक्षा कार्यालयले भने १४ महिनादेखि एउटा सामान्य प्राविमा ताला लाग्नु दुःखपूर्ण भएको  बताएको छ । सहमतीका लागि धेरै प्रयास गरिएपनी सम्भव नभएको शिक्षा अधिकारी चन्द्रप्रसाद लुईटेल बताउँनुहुन्छ । शिक्षकहरु दोशी नठहरीएसम्म कार्यालयले कार्वाही गर्न मिल्दैन जिशिअ लुईटेलले भन्नुभयो , ‘उनिहरुको विषयमा छानविन भइरहेको छ दोशी ठहरीए कारवाही हुन्छ अन्यथा उनिहरुले सोही विद्यालयमा पढाउन पाउनु पर्छ ।’

Related

प्रमूखखबरहरु 7660455364157321392

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item