सिन्धुलीको लागी छुटेको बस लुटियो

http://sindhulidarpan.blogspot.com/2014/01/bus.html
गीता चिमोरिया, महोत्तरी, पुस ३० ।
महोत्तरीमा आज बिहान एउटा यात्रु बसमा लुटपाट भएको छ । काठमाडौंबाट सिन्धुलीको लागि छुटेको ना ४ ख १५०१ नम्बरको बसलाई नियन्त्रणमा लिएर लुटेराहरुले यात्रुहरुबाट नगद, सुनचाँदीका गहना, मोवाइल लगायतका सरसामान गरी करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको धनमाल लुटेका हुन् ।

काठमाडौंको कलंकीबाट यात्रु बनेर चढेका ४ जना र हेटौंडाबाट चढेका ५ जना गरी नौ जना लुटेराले बिहान ४ बजे सर्लाहीको फुलजोर जंगलमा बस प्रवेश गर्नासाथ लुटपाट शुरु गरेको यात्रुहरुले बताएका छन् । गुडिरहेको बस भित्र हतियार देखाएर महोत्तरी खयरमारा घर भएका बसचालक कृष्णकुमार श्रेष्ठलाई कुटपिट गर्दै नियन्त्रणमा लिएपछि लुटेरा मध्येको एक जनाले बस चलाएको र बाँकी ८ जनाले लुटपाट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते भएका बस चालकको बर्दिवासमा उपचार भैरहेको छ । लुटपाटपछि महोत्तरीको बर्दिबास नजिक बिश्वकर्मा चोकमा गाडी रोकेर उनीहरु जंगलतिर भागेका प्रहरी निरिक्षक झाले बताउनु भयो । लुटेराहरुले २० किलोमिटर जंगल क्षेत्रमा आफैंले गाडी गुडाएर लुटपाट गरेका हुन् । प्रहरीले विश्वकर्मा चोक नजिकबाट शंकाको आधारमा एक जनालाई मोटरसाईकलसहित नियन्त्रणमा लिइएको जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !