२५ प्रतिशत रकम माग गर्दै विद्यालय निर्माणमा रोक

http://sindhulidarpan.blogspot.com/2014/01/sindhuli_11.html
सिन्धुली, पुस २७ ।
सिन्धुलीको एक विद्यालय निर्माण गर्दै गरेको कम्पनीसगँ स्थानिय युवाहरुले रकम माग गरेर निर्माण कार्य रोकेका छन् । जिल्लाको भवानी उच्च मावी भिमस्थानको भवन निर्माण गर्दै गरेको ठेकेदार कम्पनीसँग स्थानीय युवाहरुले पच्चिस प्रतिशत रकम माग गरी कामदारहरुलाई धम्कि दिएपछि बिहिबार दिउँसो देखि भवन निर्माण कार्य रोकिएको छ ।
स्थानीय युवा लक्ष्मण तामाङको नेतृत्वमा गएको टोलीले भवन निर्माणको २५ प्रतिशत रकम माग्दै ठेकेदार कम्पनी शिद्धबाबा कन्ट्रक्सनका कामदार कमल कार्कीलाई धम्काएपछि कामदारहरुले काम गर्न छोडेको विद्यालयले जनाएको छ ।

२५ प्रतिशत रकम माग गर्दै धम्कि दिएपछि आफुहरु काम गर्न छाडेको कामदारहरुले बताएका छन् । गत वर्ष भारतीय दुतावाससँग सम्झौता गरि विद्यालयले यस वर्षदेखि ४ करोड ३८ लाखमा तीन तलाको २४ कोठे भवन निर्माण कार्य सुरु गरेको थियो ।
विद्यालयसँगै सञ्चालनमा रहेको तीनपाटन शिक्षा क्याम्पसका अध्यक्ष प्रल्हाद पोखरेलले निर्माण कार्य अवरुद्ध भएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको वताउनुभयो । सो विषयमा डिएसपी उप्रेतीलाई नै जानकारी गराएको छु, तत्काल पक्राउ गरि कारवाहि गर्नुपर्छ भनेको छु ’। उनीहरुलाई प्रहरीले पक्राउ गर्न चाहिरहेको छैन पोखरेलको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक नरेन्द्रप्रसाद उप्रेतीले धम्कि दिनेहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बेलघारीलाई आदेश दिएको बताउनुहुन्छ । रकम माग गर्ने गिरोहलाई तत्काल पक्राउ गरि कारवाहिको दायरामा ल्याउने उप्रेतीको दाबी छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !