वाँसका फर्निचरको माग वढ्दो

http://sindhulidarpan.blogspot.com/2014/01/furniture.html
मिनकुमार दाहाल, सिन्धुली, माघ ४ ।
सिन्धुलीको मझुवा गाविसका स्थानिय वासिन्दाले उत्पादन गरेको वाँस तथा निगालोका फर्निचरहरुको माग अनुसार साना उद्यमीहरुले फर्निचर दिन सकेका छैनन् । मझुवा गाँउ विकास समितीमा निगालो र वाँसवाट उत्पादन गरिएका फर्निचरहरु काठमाण्डौ, चितवन, भत्तपुर लगायतका जिल्लावाट ठुलै संख्यामा माग आउन थाले पछि उनीहरुलाई वाँसका फर्निचर दिन धौ धौ परेको छ ।
मझुवाको नागिँमा वाँस तथा निगालोवाट डाईनिङ्ग टेवुल,सोफा सेट, कुर्सी र किताव ¥याक वनाउने गरेका छन् । केही समय अघि सम्म मझुवा गाविसका कृषकहरुले वनाएको फर्निचर स्थानिय स्तरमा सिमित रहेको थियो ।
मझुवामा सिमित रहेको वाँस तथा निगालोका फर्निचर उत्पादन गर्ने व्यक्तीहरुलाई जिल्लाको श्री सिन्धुली सामाजीक संस्थाले दक्ष वनाए पनि उनीहरु साना उद्योगीको रुपमा स्थापित हुँदै खेर गएको वाँस तथा निगालोवाट उत्पादन गरेको फर्निचर विक्री गरेर आत्मानिर्भर भन्न थालेका हुन ।
सामाजिक संस्था श्री सिन्धुलीले उनीहरुलाई वाँस तथा निगालोको फर्निचर वनाउने तालिम तथा आवश्यक सामाग्री दिए पछि मझुवा नाँगीका तामाङ्ग समुदाय वाँस तथा निगालोको फर्निचर वनाउ आकर्षित भएको श्री सिन्धुलीका कार्यक्रम प्रमुख वेदराज दाहाल वताउनुहुन्छ ।
जिल्ला विकास समिती सिन्धुलीका पुर्व सभापति रमेश कार्की, युएनएफपिएका जिल्ला कोअडिनेटर संजय शर्मा तथा मध्यपुर थिमी अस्पतालका सन्तोष श्रेष्ठको फर्निचरको धेरै अर्डर गरेको मझुवाका साना उद्यमी वीरवहादुर गोलेले वताउनुभयो । काठमाण्डौबाट हामीलाई यती थान फर्निचर चाहियो भनेर फोनमा अर्डर आउँने गरेको गोलेले वताउनुहुन्छ । । व्यक्तीको अर्डर हामीलाई धान्न नसक्ने अवस्था वन्दै गएको उहाँको भनाई छ । जंगलमा खेर गएको वाँस,निगालो सदुपयोग गरेर हामीले राम्रै आम्दानी गर्न सफल भएको उहाँको दावी छ ।
एउँटा टेवुल कुर्सी तयार गर्न तिन दिन लाग्छ । माग धेरै आउँछ । पहिले वनाएको सामान विकेन भन्ने डर थियो । अहिले माग अनुसार उत्पादन गर्न सकिएन वाँस तथा निगालोका साना उद्यमी पद्मवहादुर घलान वताउनुहुन्छ । सहरमा वस्ने मानिसहरु वजारमा पाईन प्लाष्टिकको कुर्सीवाट वाक्क भएका रहेछन् । हामीले उत्पादन गरेका वाँसको सामाग्री देखे पछि छक्क पर्ने गरेका छन् साना उद्यमी घलानले भन्नुभयो । स्थानिय साना उद्यमीको उद्योग पनि फस्टाउने र वाँसका सामानहरुले कोठा सजाउँदा राम्रो देखीने भएकोले मानिसहरु वाँसका सामाग्री खरिद गर्न आकर्षित हुने गरेको जिल्ला विकास समितीका पुर्वसभापति रमेश कार्कीले वताउँनुहुन्छ ।
गाँउ घरमा भन्दा वाँस तथा निगालोवाट वनेका घरेलु उत्पादनको महत्व शहरमा वस्ने मानिसहरुले धेरै गर्ने भएकाले यसको माग शहरमा वढेको जिल्ला विकास समिती सिन्धुलीमा कार्यरत युनएफपिएका कोअर्डिनेटर संजय शर्माको भनाई छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !