बालुवाटारबाट गलहत्याएर निकाल्छौ
http://sindhulidarpan.blogspot.com/2012/06/i_7353.html
काठमाडौ, असार ३ । प्रतिपक्षी दलहरुले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले निकास दिन सहमतिमा बालुवाटार नछाडे घिसारेरै भएपनि गलहत्याउने चेतावनी दिएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले भट्टराईले सहज रुपमा बालुवाटा नछाडे घिसारेर निकाल्ने बताए । ‘तत्कालिन बैद्यानिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बालुवाटारबाट घिसारेर निकाल्ने अभिब्यक्ति दिने भट्टराईले निकास दिन नमाने बालुवाटारबाट घिसारेर निकाल्ने छौं,’ उनले भने ।
रिजालले भने, ‘ब्राजिल भ्रमणले एमाओवादी निर्वाचन होइन, निर्वाचनको नाममा सत्तामा टिकिरहन चाहन्छ भन्ने पुष्टि भएको छ ।’एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले प्रधानमन्त्रीसँग अहिलेसम्म भएका गल्ती स्वीकारेर बालुवाटार छाड्नुको विकल्प नभएको बताए ।
निकासका लागि सहयोग नगरे भट्टराईलाई लोकतन्त्रवादीहरुको आन्दोलनले गलहत्याएर हटाउने उनको चेतावनी थियो । मुलुक चरम संकटमा रहेका बेला प्रधानमन्त्रीको विदेश भ्रमण लाजमर्दो र गैरजिम्मेवार पूर्ण भएको उनले बताए ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !