'घन्टा'जस्ता नेपाली फिल्मको बाढी


- नीला फिल्म खेलेर चर्चामा रहेकी भारतीय मूलकी नायिका सन्नी लिओन यतिखेर भारतीय सिने उद्योगमा सफल नायिका हुन प्रयास गरिरहेकी छिन्। अरुले सारी फुकाले समाचार हुने वलिउडमा सन्नी लियोनले सारी लगाउँदा दक्षिण एसियामै ठूलो समाचार भइरहेको छ। नेपालमा भने नयाँ पुस्ताका नायिकाहरू आफूलाई सन्नी लियोन नै ठानेर चलचित्रमै खुलेआम यौन दृश्य र भद्दा सम्बाद बोलेर नैतिकता बिर्सिरहेका छन्। युटुवमा राखिएका नेपाली चलचित्र एटीएमका प्रोमोले यतिखेर सिनेमा उद्योग चर्चामा छ। यस्तो फिल्म हलमा चल्न दिनु हुन्न भनेर सिनेक्षेत्रका व्यक्तिदेखि विदेशमा बसेका नेपालीलेसम्म आवाज उठाइरहेका छन् ।
रामकुमार एलन,
(मेरोरिपोर्ट),काठमाण्डौ । 

नायिका सविना कार्कीले धेरै ठाउँमा यौन दृश्य दिएकी छिन्। सहवासकै अनुभूति गराउने उक्त दृश्यमा एक ठाउँमा कार्कीले बोलेकी छिन्, 'घन्टाजस्तो, बिस्तारै गर न।' यो सम्बादले नेपाली फिल्म उद्योग र नायिकाको बौद्धिकतालाई फोहोरको कुन डुङ्गुरमा पुर्यायउला? पूरा परिवार नै फुर्सदमा फिल्म हेर्न हल पुग्ने नेपाली परम्परा तोडिएको छैन। तर यो नेपाली भनिएको सिनेमा त प्रेमिका या पत्नीसंग पनि हेर्न मिल्दैन। फिल्ममा नायक तथा निर्माता दिनेश थापाले नायिकाको स्तन मोलेको दृश्यलाई पनि सहज देखाइएको छ। नायकले चिसो पिइरहँदा नायिकाले आफ्नो टाङ् फाटेर देखाइदिएको दृश्य छ। यस्ता अमर्यादित दृश्य कसरी सूचना तथा संचार मन्त्रालयको सेन्सर बोर्डबाट पास भयो? अहिले सिनेकर्मीहरू चिन्तामा परेका छन् ।

एटीएमको प्रोमो भन्दा पनि 'पोर्नो' भनेर युटुवमा कमेन्ट आएका छन् र अधिकांशले भनेका छन् 'बरु नीलो फिल्म'मा खेल्नु, तर यो चाहिं आम दर्शकका लागि नेपाली सिनेमा हुनै सक्दैन। विदेशमा बसेका एकजनाले भनेका छन्, नेपालको सिनेमा उद्योगले हाम्रो घरबार पनि बिगार्छ कि क्या हो? सेक्स बिक्छ भन्ने बहानामा यस्तो त देखाउनु भएन नि? यस्तै एकजनाले भनेका छन्, के नायक दिनेश थापा यसअघि जिगोलो थिए? हो, पतिको अभावमा परपुरुषसँग लहसिने महिलाले नेपालमा पनि यस्ता भाडाका पुरुष अर्थात जिगोलोको खोजी गरेको समाचार आउन थालेको छ ।

एउटा चलचित्रले मनोरन्जन र सन्देश दिनुपर्छ भन्ने सामान्य मूल्यलाई बिर्सेर चलचित्र एटीएमले भद्दा आवेग, उत्तेजना र छाडापनमात्र पस्केको छ। यस्तै अर्को चलचित्र 'नाइट क्वीन' पनि विवादभन्दा टाढा छैन। नेपाली चलचित्र 'लुट' समयको माग थियो र हिट भयो। उसका केही सम्वाद अहिलेका युवा पुस्तामा प्रिय भए। त्यही बहानामा अन्य चलचित्रमा यस्ता सम्बाद सेक्ससंगमात्र जोडिएर आएका छन्।

जस्तो चपली हाइटमा नायिकाले सोध्छिन्, 'तिमीले अहिलेसम्म गरेको छैन?' यसखाले सम्बादले हाम्रो समाजलाई दिने सन्देश के हो? यस्तै, नाइट क्वीनमा राजेश हमाललाई रात्रिकालीन रेस्टुरेन्टमा नाच्नेको अधिकार दिलाउने नायकका रुपमा देखाउन खोजिए पनि रात्रिकालीन महिलाको भावना बुझेर नै यो फिल्म बनाइएको हो भनेर निर्माताले भन्नु बेकार छ। किनभने उनीहरूमाथि खास अध्ययन र अनुसन्धान भएकै छैन ।

मोडलिङका नाममा नांगिने र फिल्मका नाममा महिलाको नाङ्गो दृश्य पस्किएर कलेज र स्कुल पढ्ने उमेरका युवा पुस्तालाई भड्काउने काम भएको पाइएको छ। यस्ता चलचित्र चल्न दिनु हुन्न भनेर इन्टरनेट, पत्रिका र सिनेक्षेत्रकै व्यक्तिबाट आवाज उठिरहेको छ। हेरांै, नेपाली चलचित्रमा नायिकालाई किस गराउने दृश्य दिन लगाउँदा चड्कन खाने निर्देशक नारायण पुरीहरू अहिले यो क्षेत्रमै कम क्रियाशील रहेका बेला हाकाहाकी नाङ्गो दृश्य पस्किने निर्देशक र नायिकाहरू कति टिक्छन्?

सेक्स नै बिक्ने भए नांगिएका कयौं मोडल र नायिका किन टिकेनन् । सर्वांङ्गजस्तै हुन खोज्ने रुपा उपाध्याय हराएका बेला र नायिका रेखा थापाले समेत अबको दृश्य सरल हुन्छ भनिरहेका बेला बजारमा आएका भारतीय चलचित्रका सी ग्रेडको भन्दा पनि घटिया दृश्य र कथामा नांगिने नायिकाहरू समाजका पथ प्रदर्शक कसरी हुन सक्छन्? चिन्ताको विषय बनेको छ। दर्शकले फिल्म हेरेपछि निर्माता, नायिका र निर्देशकलाई यही डाइलग पो दोहोर्याशउने दिन नआओस्, 'घन्टाजस्तो नेपाली फिल्म।'

Related

विचाररसाहित्य 5189000094461146184

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item