एसएलसीको रिजल्ट आजै पाँच बजे

काठमाडौं, जेठ ३१ । यस बर्षको प्रवेशिका परीक्षा एसएलसीको नतिजा अपरान्ह पाँच बजे सार्वजनिक हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा आज बसेको बोर्डको पहिलो बैठकले एसएलसी परीक्षाको नतिजा आजै प्रकाशन गर्ने निर्णय गरेको परीक्षा उप–नियन्त्रक अम्वीका प्रसाद रेग्मीले जानकारी दिए । उनले भने, ‘दोस्रो पटक बोर्डको बैठक बसेर आजै पाँच बजे नतिजा सार्वजनिक गर्छौं ।’
बोर्ड अर्को बैठक पुनः आजै बस्ने छ । सो बैठकले नतिजा प्रकाशनका साथै केही प्राविधिक विषयमा टुङगो लगाउने छ ।
एसएलसीको नतिजा छिटो थाहा पाउन रिजल्ट सार्वजनिक भएपछि मोवाईलमा सिम्बोल नम्वर र अल्फाबेट टाईप गरेर ५२२५ मा एसएमएस पठाई सिधै थाहा पाउन पनि सकिन्छ ।
२०६८ सालको एसएलसी परीक्षामा नियमित तर्फ र एक्जाम्टेड गरी पाँच लाख २८ हजार २ सय ५७ विद्यार्थी सहभागी थिए ।
जसमध्य नियमित तर्फ ४ लाख ४६ हजार १ सय ६६ र एक्जाम्टेड तर्फ ३६ हजार ३ सय ४१ परिक्षार्थीको सहभागिता थियो ।
अघिल्लो बर्ष एसएलसीको नतिजा असारमा प्रकाशित भएको थियो ।
एसएलसी परीक्षाको नतिजा आजै प्रकाशन हुने समाचार थाहा पाएपछि परीक्षा नियन्त्रकको कार्यालय सानोठिमीमा विद्यार्थी र अभिभावकको उल्लेख्य सहभागिता रहेको छ । कार्यालय आसपासमा उच्च सुरक्षा सतर्कता समेत अपनाईएको छ ।
यस बर्षको एसएलसी परीक्षा चैत सात देखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

Related

विविध 9013712668640738574

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item