सवै जातजातिहरु मिलेर वस्नु पर्छ:खड्का
http://sindhulidarpan.blogspot.com/2012/06/i_1208.html
अञ्जु तामाङ,सिन्धुली,जेठ ३१ ।
हामी सवैको चाहाना दिगो शान्ति र नयाँ संविधानको कामना भन्ने मुल नाराका साथ आज दिगो शान्ति स्थापनाका लागि वृहत शान्ति तथा सद्भाव ¥याली सिन्धुलीमा सम्पन्न भएको छ । आदिवासि जनजाति गैरसरकारी सँस्था महासंघ सिन्धुलीको आयोजना तथा आदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जावलाखेलको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रभातफेरी कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा स्थानिय विकास अधिकारी धु्रव वहादुर खड्काले अहिलेको समयमा सवै जातजातिहरु आपसमा मिलेर वस्नुको विकल्प नभएको वताउनुभयो । अधिकारका नाममा जातिय हिंसा फैलाउन नहुने वहाँको सुझाव थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघ सिन्धुलीका अध्यक्ष सुर्य पाख्रीन, खानेपानी डिभिजन कार्यालयका प्रमुख दिवाकर ढकाल, जिल्ला विकास सिन्धुलीका योजना अधिकृत सुरेन्द्र थापा मगर , प्राविधिक कार्यालयका प्रमुख कृष्ण पौडेल, प्रहरी नायव उपरिक्षक सानुराम भट्टराई, खेलाडी गोपी वम्जन, जिल्ला अनुसन्धान कार्यालयका धनवहादुर वुढाथोकी, सन्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !