नातिकाजीलाई विदाई

चिना थापा, सिन्धुली,जेठ ३१ । 

उद्योग वाणिज्य संघ सिन्धुलीका संस्थापक सदस्य तथा सिन्धुलीका अग्रज व्यवसायी  नातिकाजी प्रधानलाई आज एक कार्यक्रमका वीच विदाई गरिएको छ ।  २०१५ सालदेखि सिन्धुलीमा व्यवसाय गर्दै आउनुभएका प्रधान आफ्नो जन्मथलो वनेपा जानुहुने भएको छ । नेवा समाज सिन्धुलीको आयोजनामा भएको विदाई कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य मिनकुमार श्रेष्ठले सिन्धुली बजारलाई कसरी अगाडि बढाउने, बजारको व्यवस्थापन कसरी गर्ने जस्ता कुराहरुलाई लिएर प्रधानले व्यवस्थापन र सहरीकरण गर्नको लागि महत्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभयो । सिन्धुलीका उद्योगी,व्यवसायिहरुलाई मार्ग निर्देशन गरेर उल्लेखनिय योगदान दिनुभएको समेत उहाँले जानकारी दिनुभयो ।  प्रधानलाई अविर र सम्मान पत्रकासाथ विदाई गरिएको छ भने उहाँ आजै जन्मथलो वनेपा जादै हुनुहुन्छ । 

Related

प्रमूखखबरहरु 2744331134837337444

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item