बोक्सीको आरोपमा दुव्र्यवहार

रौतहट,जेठ ३१ । 
रौतहट जिल्लाको समनपुरमा बोक्सी विद्या सिक्ने भन्दै एक जना बालकलाई बली दिएको घटना सेलाउन नपाउँदै बोक्सीको आरोपमा फेरि एकजना महिलामाथि दुव्र्यबहार भएको छ ।  बरियारपुर गाविस वडा नम्बर ३ की शुशिलादेवी यादवलाई सोही गाविस–२ का रामशंकर यादव र रामसागर यादवले कुटपीट गरेका छन् । रामशंकरका ४ वर्षका छोरा अरविन्दकुमारलाई बोक्सी मन्त्रले बिरामी पारेको भन्दै कुटपीट गरिएको बुझिएको छ । 

कुटपिटबाट घाइते भएकी शुशिलादेवीको वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको र उहाँको अवस्था गम्भीर रहेको उपचार गराउन गएका स्थानीय समाजसेवी वीरेन्द्र यादवले जानकारी दिनुभयो । बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने रामशंकर यादवलाई प्रहरी चौकी बरियारपुरले नियन्त्रणमा लिएको छ भने रामसागर फरार रहेको छन् । स्थानिय बासिन्दा र पीडितले बोक्सीको आरोपमा कुटपिट भएकोे बताएका छन् । तर, ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक रामनारायण माझीले बाख्राले फुलको बोट खाइदिएकोले कुटपिट भएको बुझिन आएको बताउनु भयो ।

Related

विविध 8972316810047795888

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item