नेपाली पत्रकारहरु सूचना प्रविधिको प्रयोगमा अगाडि
http://sindhulidarpan.blogspot.com/2012/06/i_6504.html
काठमाण्डौ,जेठ ३१ ।
सर्वेक्षणले सूचनाको खोजी गर्न पत्रकारहरुले प्रयोग गर्ने उपायमध्ये दोस्रो नम्बरमा फेसबुक रहेको छ। सामाजिक सञ्जालमा आउने स्टायटस र ट्विटजस्ता सामाग्री नेपाली पत्रकारहरुको समाचारको स्रोत बनेको छ। सीएमआर नेपालले सार्वजनिक गरेको सर्वेक्षणको नतिजा अनुसार ३०.७ प्रतिशत पत्रकारहरु सामाजिक सञ्जालमा भेटिने सामाग्री भरपर्दो मान्छन्। यसैगरि अधिकांश पत्रकारहरुले रिपोर्टिङ र आफ्ना समाचारहरुलाई पाठकसमक्ष पुर्याउनका लागि सोसल मिडिया र इन्टरनेटको सहायता लिने गरेको सर्वेक्षणले देखाएको छ। यसले सामाजिक सञ्जाल न्युजरुमको अलग्याउन नसकिने पाटो हुँदै गरेको देखाएको छ।
विश्वमा सूचना प्रविधिले जरो गाडिरहेको बेला नेपाली पत्रकारहरु सूचना प्रविधिको प्रयोगमा अगाडि रहेको राष्ट्रव्यापी एक अध्ययनले देखाएको छ। सेन्टर फर मिडिया रिसर्च (सीएमआर-नेपाल) ले गरेको अनुसन्धानमा नेपाली पत्रकारहरुले सूचनाको खोजिको लागि इमेल ,इन्टरनेट ,ट्विटर ,फेसबुक लगायत माइक्रोब्लगिङको प्रयोग गर्नुका साथै श्रव्यदृश्य सेयरिङमा समेत अगाडि देखिएका छन्।
सर्वेक्षणले सूचनाको खोजी गर्न पत्रकारहरुले प्रयोग गर्ने उपायमध्ये दोस्रो नम्बरमा फेसबुक रहेको छ। सामाजिक सञ्जालमा आउने स्टायटस र ट्विटजस्ता सामाग्री नेपाली पत्रकारहरुको समाचारको स्रोत बनेको छ। सीएमआर नेपालले सार्वजनिक गरेको सर्वेक्षणको नतिजा अनुसार ३०.७ प्रतिशत पत्रकारहरु सामाजिक सञ्जालमा भेटिने सामाग्री भरपर्दो मान्छन्। यसैगरि अधिकांश पत्रकारहरुले रिपोर्टिङ र आफ्ना समाचारहरुलाई पाठकसमक्ष पुर्याउनका लागि सोसल मिडिया र इन्टरनेटको सहायता लिने गरेको सर्वेक्षणले देखाएको छ। यसले सामाजिक सञ्जाल न्युजरुमको अलग्याउन नसकिने पाटो हुँदै गरेको देखाएको छ।
सामाजिक सञ्जाल मध्ये फेसबुक सबैभन्दा लोकप्रिय रहेको छ। सुचना आदानप्रदान गर्न मात्र नभई श्रव्यदृश्य सेयरिङमा समेत पत्रकारहरुले फेसुबकको प्रयोग गर्ने सर्वेक्षणले देखाएको छ। सर्वेअनुसार देशभरका सहभागी १९२ पत्रकारमध्ये झण्डै ९७ प्रतिशत सँग फेसबुक खाता रहेको देखिएको छ। साथै माइक्रोब्लगिङमा भने ट्विटर सबैभन्दा लोकप्रिय छ। झन्डै ४० प्रतिशत पत्रकारसँग भने ट्विटर रहेको छ।
त्यसैगरि नेपाली पत्रकारहरुले सर्च इन्जिनमा गुगल एकदमै लोकप्रिय रहेको अध्ययनले देखाएको छ। झण्डै ९९ प्रतिशत पत्रकारहरुले सर्च इन्जिनका लागि गुगलको प्रयोग गर्छन्। यसका साथै यमेलमा गुगलकै जीमेल नेपाली पत्रकारहरु माझ झण्डै ९३ प्रतिशत लोकप्रिय छ। इमेलमा दोस्रो लोकप्रिय याहू (४४.३) रहेको छ भने हटमेल चलाउने ३०.२ प्रतिशत रहेका छन्। साथै कार्यालयकै डोमेनको इमेल प्रयोग गर्ने ६.३ प्रतिशत मात्र छन्। - लिभिङ विथ आईसीटी

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !