एसएलसीको रिजल्ट आजै

काठमाडौं, जेठ ३१ । यस बर्षको प्रवेशिका परीक्षा एसएलसीको नतिजा प्रकाशनका लागि बोर्ड बैठक बसिरहेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा जारी बैठकले एसएलसी परीक्षाको नतिजा प्रकाशनका बारेमा छलफल गरिरहेको परीक्षा नियन्त्रक अम्वीका प्रसाद रेग्मीले जानकारी दिए । बोर्ड बैठकले नतिजा प्रकाशनका साथै केही प्राविधिक विषयमा टुङगो लगाउने छ ।

२०६८ सालको एसएलसी परीक्षामा नियमिततर्फ र एक्जाम्टेड गरी पाँच लाख २८ हजार २ सय ५७ विद्यार्थी सहभागी थिए । अघिल्लो बर्ष एसएलसीको नतिजा असारमा प्रकाशित भएको थियो । एसएलसी परीक्षाको नतिजा आजै प्रकाशन हुने समाचार थाहा पाएपछि परीक्षा नियन्त्रकको कार्यालय सानोठिमीमा विद्यार्थी र अभिभावकको उल्लेख्य सहभागिता रहेको छ । सो स्थान आसपासमा उच्च सुरक्षा सतर्कता समेत अपनाईएको छ । यस बर्षको एसएलसी परीक्षा चैत सात देखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

Related

विविध 4266317134308009182

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item