युरोकपमा आज पनि दुई खेल हुदै

काठमाण्डौ,जेठ ३१ ।
मिनी विश्वकपको रूपमा लिइएको १४ औ युरोकप फुटबल प्रतियोगितामा आज पनि दुई खेल हुँदै छन् । आज पहिलो खेल समूह ‘बी’ को पोर्चुगलविरुद्ध डेनमार्कबीच राती पौने १० बजे हुनेछ । त्यस्तै दोस्रो खेल राती सवा १२ बजे नेदरल्याडविरुद्ध जर्मनीबीच हुनेछ । पहिलो खेलमा नेदरल्याड र पोर्चुगललाई पराजित गर्दै तीन तीन समान अङ्कका साथ रहेका डेनमार्क र जर्मनीले आजको खेलमा विजय हात पारेमा क्वार्टर फाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगितामा गएराती भएको खेलमा चेक गणतन्त्र विजयी भएको थियो ।  चेक गणतन्त्रले ग्रीसलाई २–१ ले पराजित गरेको हो ।

 चेक गणतन्त्रलाई विजयी बनाउन पिटर जिरासेक र भाक्लाभ पिलरले खेलको तेस्रो र छैटौ मिनेटमा गोल गरेका हुन् । ग्रिसको लागि खेलको ५३ औ मिनेटमा फानिस गेकासले सान्त्वना गोल गरेका हुन् । पहिलो खेलमा रुससँग पराजित भएको चेक गणतन्त्र विजयसगै तीन अङ्कका साथ समूहको दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै गएराती नै भएको रुस र पोल्याडबीचको खेल एक एक गोलको बराबरी भएको छ । खेल बराबरीमा सकिएपनि रुस चार अङ्कका साथ शिर्ष स्थानमा रहेको छ । १६ टिमको सहभागिता रहेको प्रतियोगिता असार १७ गतेसम्म सन्चालन हुने छ ।

Related

प्रमूखखबरहरु 1002014935421661776

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item