चीनको खासा लैजाँदै गर्दा दुई युवतीको उद्धार
http://sindhulidarpan.blogspot.com/2012/06/i_6531.html
काभ्रे,जेठ ३१ ।
नेपालसँग चीनको एकमात्र व्यापारीक नाका सिन्धुपाल्चोकको तातोपानी हुदैँ खासा बजारमा लैजादैँ गर्दा माइती नेपालको कोदारी शाखाले दुई युवतीलाई उद्धार गरेको छ । चीनको एक जगंलमा अलपत्र परीराखेको अवस्थामा काठमाडौ तिलगंगा घर बताउने नाम परिवर्तन गरिएका १७ वर्षीया गीता र सर्लाही घर भएकी १६ वर्षीया रीतालाई मेसमा काम गलाइदिने भन्दै असिम तामाङले खासा लैजादै गर्दा माइती नेपालले उद्धार गरेको माइती नेपाल कोदारीका संयोजक सहदेव तिवारीले जानकारी दिनुभयो ।
खासा लगेपछि मेसको काम भन्दा पनि होटलमा दुवै जनालाई जर्बजस्ती यौनधन्दामा लगाएपछि भागेर नेपाल आउँदै गर्दा बाटो बुलेर दुइ दिन सम्म जंगलमा नै बसेको युवतीहरुले बताएका छन् । खासा पु¥याइएका दुवै युवतीको पास र नागरिकता समेत होटवालाले खोसेर राखेको माइती नेपालले जनाएको छ । उद्धार गरिएका दुवैलाई माइती नेपालको केन्द्रीय कार्यालयमा पठाइसकिएको छ । नेपाली भुमी हुदै खासामा नेपाली युवतीको बेचबिखन हुन थालेपछि ६ महिना अघि माइती नेपालले कोदारीमा कार्यालय स्थापना गरेको छ । माइती नेपालले शाखा स्थापना गरेपछि ४ हजार युवतीलाई परामर्श दिएको छ भने खासा लैजादै गरेका २० जना युवतीलाई नेपाल चीन सीमाको मितेरी पुलबाट फर्काइएको माइती नेपाल कोदारीले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !